रिहार अमिलिया सडकखण्डमा चितुवा र बाघको समुह भेटिएपछि सतर्कता अपनाउन डिभिजन वनकाे आग्रह – Kanika Khabar
Thursday, December 1Nepali News Portal

रिहार अमिलिया सडकखण्डमा चितुवा र बाघको समुह भेटिएपछि सतर्कता अपनाउन डिभिजन वनकाे आग्रह

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, १७ असाेज ।
रातको समयमा बाँके निकुञ्ज र दाङको सिमाक्षेत्रका आसपासमा चितुवा र बाघकाे समुह राजमार्गमा देखिएकाले डिभिजन वन कार्यालय दाङ (देउखुरी) ले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतवार बेलुकी ८:३० बजे लमही नगरपालिका वडा नम्बर ९ रिहार देखि करिब ७/८ किलोमिटर अमिलिया तर्फ पूर्वपश्चिम महेन्द्र राजमार्गमा चितुवा र बाघको समुह देखा परेको छ । स्थानीयले उक्त क्षेत्रमा वन्यजन्तुु देखेपछि डिभिजन वन कार्यालय लमहीलाई खबर गरेका थिए ।

वन कार्यालयले उक्त क्षेत्रमा माेटरसाइकल, पैदलमार्ग, र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेकाे छ । सकभर रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडडुल तथा आवतजावत नगर्न वन कार्यालय लमहीले आग्रह समेत गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्