बलात्कारविरुद्धको कानुनको बारेमा संसदीय समितिमा छलफल हुँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

बलात्कारविरुद्धको कानुनको बारेमा संसदीय समितिमा छलफल हुँदै

    मा प्रकाशित

असोज १८, दाङ ।
बलात्कारविरुद्धको कानुन र कार्यान्वयनको अवस्थाका बारेमा आज संसदीय समितिमा विज्ञले कार्यपत्र पेश गर्ने भएका छन् । प्रतिनिधि सभा मातहतको कानुन, न्याय तथा मानव अधिकार समितिको बिहान ११ बजे बस्ने बैठकमा विज्ञ सविन श्रेष्ठले कार्यपत्र पेश गर्ने सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो । उहाँका अनुसार विधानोत्तर परीक्षण अन्तर्गत बलात्कारविरुद्धको कानुनको बारेमा छलफल चलाउन लागिएको हो ।

 

यसअघि जातीय छुवाछुतविरुद्धको कानुन कार्यान्वयनको अवस्थाका बारेमा समितिले छलफल गरिसकेको छ । बलात्कारविरुद्धको कानुन कार्यान्वयनको अवस्थाका बारेमा आज विज्ञले कार्यपत्र पेश गर्ने र समितिका सदस्यले अध्ययन गरीसकेपछि केही दिनमा छलफल गरिने पनि सभापति पोखरेलले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्