काङ्ग्रेस महाधिवेश : पार्टीमा गुटगत राजनीति बढ्दो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काङ्ग्रेस महाधिवेश : पार्टीमा गुटगत राजनीति बढ्दो

    मा प्रकाशित

सीता शर्मा
असोज १८, काठमाडौँ ।
नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै जाँदा नेता कार्यकर्ता भने गुट परिवर्तनको होडबाजीमा छन् ।लामो समयदेखि एउटा गुटमा बसेका नेताहरू महत्वपूर्ण पदमा उम्मेदवारी नपाउने स्थिति देखिएपछि गुट फेर्न लागेको कतिपयको बुझाइ छ । अघिल्लो महाधिवेशनमा सभापति शेरबहादुर देउवा, संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाको गरी तीन गुटमा बाँडिएको काँग्रेसमा आगामी महाधिवेशनमा गुटको सङ्ख्या बढ्ने देखिन्छ ।

अघिल्लो महाधिवेशनमा सभापति देउवासँगै रहनुभएका उपसभापति वीमलेन्द्र निधी यसपटक फरक कित्तामा उभिनुभएको छ । केन्द्रमा भएको गुटगत राजनीतिको असर तल्लो तहसम्मै परेको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बताउनुभयो । उम्मेदवारी नपाउने स्थिति देखिएपछि गुट फेर्ने गरेको केसीले बताउनुभयो ।

महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएका नेता गगन थापा, कृष्ण सिटौलाको गुट छोडेर रामचन्द्र पौडेलतिर लाग्नुभएको छ । महामन्त्रीकै आकाङ्क्षी मध्येका नेता प्रदिप पौडेल सभापति उमेद्वारको आधारमा गुटहरू बन्ने बताउहुन्छ । महाधिवेशनमा उम्मेदवारी खोज्ने र आफूअनुकुल गठबन्धन बनाउनु स्वभाविक भएको उहाँले बताउनुभयो । तर केन्द्रमा देखिएको गुटको राजनीतिलाई जिल्ला तहका नेताहरूले भने मन पराएका छैनन् । नेपाली काँग्रेसका दाङ जिल्ला सभापति कीर्तिबहादुर खड्का पार्टीमा स्वास्र्थको राजनीति बढेको हुनाले गुटको राजनीतिले प्राथमिकता पाएको बताउनुहुन्छ ।

आकाङ्क्षी धेरै भएपछि गुटको नेतृत्व गर्नेलाई समेत उम्मेदवारी मिलाउन सकस परेको छ । संस्थापनइतर पक्षका नेताहरूले साझा उम्मेवादर बनाउने अभिव्यक्ति दिइरहँदा सभापति देउवाले समेत नेता कृष्णप्रसाद सिटौला गुटलार्ई साथ लिन खोजेको विश्लेषक पुरञ्जन आचार्यको बुझाइ छ । नेपाली काँग्रेसमा अहिले सभापतिका आकाङ्क्षी मात्र ११ जना पुगेका छन् । महामन्त्री पदमा अझैँ धेरैको आकाङ्क्षा देखिन्छ । उम्मेदवारी पाउने सम्भावना जो बाट देखिन्छ अहिले नेताहरू त्यही गुटमा लागिरहेको अवस्था छ । तर कतिपयले आफू आवद्ध गुटका नेतालाई घुर्काउन यस्ता गतिविधि गरेको पनि बताइरहेका छन् । सीआईएनबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्