हुम्लामा काँग्रेस पौडेल पक्षले समानान्तर समिति घोषणा ग¥यो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

हुम्लामा काँग्रेस पौडेल पक्षले समानान्तर समिति घोषणा ग¥यो

    मा प्रकाशित

काली बहादुर थापा
असोज १८, हुम्ला ।
हुम्लामा नेपाली काँग्रेस पौडेल पक्षले रामबहादुर भण्डारीको सभापतित्वमा समानान्तर समिति घोषणा गरेको छ । हुम्ला प्रदेश क को अधिवेशनलाई बहिस्कार गरेको पौडेल पक्षले जिल्लाको अधिबेशनलाई समेत बहिस्कार घोषणा हो । समानान्तर समितिको उपसभापतिमा पेमा तामाङ, तिलक शाही,सचिवमा चन्दा फडेरा, लाकेन्द्र बहादुर लामा र सहसचिवमा राजप्रसाद जैसी रहनुभएको छ ।

 

पार्टीको विधान, विधी, पद्धती र सिद्धान्त विपरित निवार्चन गरेको भन्दै देउवा पक्षबाट असन्तुष्ट भई पुर्व सांसद रिता शाही र निर्वाचन क्षेत्र नम्बर क का समानान्तर समितिका सभापती लोकेन्द्र भण्डारीको अगुवाईमा समानान्तर समिति घोषणा भएको होे ।आज सिमकोटमा आफ्नो छुटै जिल्ला पार्टी कार्यालय उद्घाटन गर्ने समितिले जनाएको छ । देउवा पक्षका नेता जीवनबहादुर शाहीले स्थायी शिक्षक, पत्रकार सहित आफ्नो छोरा,बुहारी देखी आफन्तलाई मात्र प्रतिनिधि बनाएको भन्दै पौडेल पक्ष असन्तुष्ट बनेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्