पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा सङ्क्रमण पुष्टि, देशभर थप १० जनाको कोरोनका कारण मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा सङ्क्रमण पुष्टि, देशभर थप १० जनाको कोरोनका कारण मृत्यु

    मा प्रकाशित

असोज १८, दाङ ।
देशभर थप १० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार १ सय७४ पुगेको छ । यस्तै गत २४ घन्टामा १ हजार ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा १० हजार ८ सय७४ कोरोना परीक्षण गर्दा १ हजार ३० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ९० हजार २ सय ५६ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख ७० हजार २ सय २४ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय ६ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्