वर्षाका कारण हुम्लामा खाद्यान्न संकट हुने चिन्ता – Kanika Khabar
Saturday, December 10Nepali News Portal

वर्षाका कारण हुम्लामा खाद्यान्न संकट हुने चिन्ता

    मा प्रकाशित

मोहनसिंह बुढा
असोज १८, हुम्ला ।
वर्षाका कारण खाद्यान्न संकट हुने चिन्ता बढेको छ । असोज लागेदेखि दैनिक राति वर्षा हुन थालेपछि खाद्यान्न संकट हुन सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् । अदानचुली गाउँपालिका २ का गोरख बुढाले दैनिक रातिको समयमा पानि पर्न थालेपछि हाल खेतबारीमा लगाईएको धान,मकै,कोदो,सिमी,मास,भट्ट लगायतका बारी कुहिने चिन्ता बढेको बताउनुभयो ।

हुम्लाका किसानले जेठ/असारमा लगाएको कात्र्तिके बाली अहिले राम्रोसँग फक्रेको बेला वर्षा हुँदा बोटमै खेर जान थालेको छ । जेठ÷असारमा खडेरीका कारण बढ्न नपाएको बाली साउनमा वर्षा हुँदा फस्टाएको तर, अहिले फेरि निरन्तर वर्षा हुँदा अन्नबाली कुहिने चिन्ता बढेको छ । जिल्लाको ७ वटै पालिकाका किसानहरू निरन्तरको वर्षाका कारण चिन्तित बनेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्