ईपीएलमा भैरहवाद्वारा चितवन ६ विकेटले पराजित – Kanika Khabar
Friday, April 19Nepali News Portal

ईपीएलमा भैरहवाद्वारा चितवन ६ विकेटले पराजित

    मा प्रकाशित

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सले जितहातपारेको छ ।टियु क्रिकेट मैदानमाआजभएको पहिलो खेलमा भैरहवाले चितवनलाई ६ विकेटले पराजितगर्दै जितहातपारेको हो ।

चितवनले दिएको १ सय ६५ रनको लक्ष्य भैरहवाले १७ओभर ५ बलमामात्र ४ विकेट गुमाएर पूरा ग¥यो ।भैरहवाको जितमाप्रदिप ऐरीले सर्वाधिक७२ रनको अर्धशतकीयइनिङ्स खेल्नुभयो । उहाँले ४३ बलमातीन छक्का र ८ चौकाप्रहार गर्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । अघिल्ला ४ खेलजितेर ८ अङ्क जोडेको चितवनतालिकाको शीर्ष स्थानमायथावत छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्