आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दर्शकलाई पनि अनुमति – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दर्शकलाई पनि अनुमति

    मा प्रकाशित

युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दर्शकलाई पनि अनुमति दिईने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपमा दर्शकलाई अनुमति दिने निर्णय गरेको हो ।

स्टेडियम क्षमताको ७० प्रतिशत दर्शकलाई अनुमति दिईने आईसीसीले जनाएको छ । कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउने छन् ।जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवान्युगिनीबीच प्रतिस्पर्धा हुनेछ ।

जसबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह‘बी’विजेता र समूह‘ए’ को उपविजेता यस समूहमा रहने छन् । यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो राउण्डको समूह‘ए’ को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहने छन् ।अबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ ।दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्