प्रतिनिधिसभाको बैठक आज बस्दै – Kanika Khabar
Thursday, December 1Nepali News Portal

प्रतिनिधिसभाको बैठक आज बस्दै

    मा प्रकाशित

असोज, १९, दाङ ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । तर आजको बैठक पनि अवरोध गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ ।

गतभदौ २३ गतेदेखि सुरु भएको संसद्को नवौँ अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ। पार्टीले कारबाही गरेका १४ सांसदको सूची सार्वजनिक नगरेर एमाले विभाजनमा सभामुखले संलग्नता देखाएको आरोप लगाउँदै एमालेले सदनमा अवरोध गर्दै आएको हो । सरकार विपक्षीलाई पेलेरै अघि बढ्ने स्थितीमा देखिएको छ भने विपक्षी दल आफ्नो मागको सुनुवाइ नभएसम्म बैठक चल्न नदिने अडानमा छ । एमालेको अवरोधकैबीच बजेट समेत पास भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्