सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भूमिकालाई लिएर सांसदहरू विभाजित – Kanika Khabar
Friday, March 29Nepali News Portal

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भूमिकालाई लिएर सांसदहरू विभाजित

    मा प्रकाशित

असोज १९, दाङ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमा अवरोध कायमै राखेपछि सांसदहरू पक्षविपक्षमा विभाजित भएका छन् । राष्ट्रिय सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको आलोचना भएपछि अध्यक्ष गणेश तिमल्सिनामाथि एमाले सांसदलाई उचालेको आरोप लागेको छ ।

हिजोको राष्ट्रिय सभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसद आआफ्नो स्थानबाट उठेपछि अध्यक्ष तिमल्सिनाले सांसद पार्वती रावललाई बोल्न दिनुभएको थियो । लगत्तै नियमापत्ति जनाउँदै सांसद खिमलाल देवकोटाले अध्यक्ष तिमल्सिनामाथि सांसदमा विरोध गर्नका लागि हौस्याएको आरोप लगाउनुभयो र सभामुखविरुद्ध दिइएका अभिव्यक्ति रेकर्डबाट हठटाउन माग गर्नुभयो ।

जवाफमा अध्यक्ष तिमल्सिनाले नियामापत्ति खारेजयोग्य भएको बताउनुभयो । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको बारेमा सूचना प्रकाशन नगरेको भन्दै एमालेले करिब १ महिनादेखि राष्ट्रिय सभा र प्रतिनिधि सभामा विरोध जनाउँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्