३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या आरोपमा पक्राउ `गाेरे´ सहित ६ जनालाई जन्मकैदकाे सजाय – Kanika Khabar
Thursday, April 25Nepali News Portal

३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या आरोपमा पक्राउ `गाेरे´ सहित ६ जनालाई जन्मकैदकाे सजाय

    मा प्रकाशित

असाेज १९, दाङ ।

३३ किलो सुनकाण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जन्मकैदको सजाय हुने भएको छ । ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या आरोपमा पक्राउ परेका गोरेलाई जिल्ला अदालत मोरङले जन्मकैदको सजााय सुनाएको हो । उनी सनम शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्धामा दोषी ठहरिएका हुन् ।

गाेरेसहित ८ जना यो मुद्धाका दोषी ठहरिएका छन् । अन्य सबैले सफाई पाएका छन् । गोरेसँगै ६ जनालाई जन्मकैद र अन्य दुई जनालाई तीन बर्ष र ६ महिना कैद सुनाईएको छ । गोरेसँगै जन्मकैदको सजाय पाउनेमा टेकराज मल्ल ठकुरी,लाक्पा शेर्पा,मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।
२०७४ माघ अन्तिम साता युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै नेपाल भित्र्याईएको ३३ किलो सुन सम्बन्धित ब्यक्तिसम्म नपुगी गायब भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्