सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुट्यो – Kanika Khabar
Thursday, April 18Nepali News Portal

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुट्यो

    मा प्रकाशित

असोज १९, दाङ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुटेको छ । आज दिउँसो बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुटाएको हो ।

काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच कुन दलले कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति जुटेको हो ।

अब सहमति अनुसार मन्त्रीको नाम आएपछि केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बैठकमा सहभागि कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

दलभित्र आन्तरिक छलफलपछि फेरि आजै साँझ बैठक बसेर टुंग्याउने तयारी रहेको उहाँको भनाई छ । ढिलोमा बिहिवारसम्म मन्त्री परिषदले पूर्णता पाउने उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्