नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आउँछ : अर्थमन्त्री शर्मा – Kanika Khabar
Thursday, December 8Nepali News Portal

नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आउँछ : अर्थमन्त्री शर्मा

    मा प्रकाशित

असोज १९, दाङ ।
अर्थ मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा नयाँ गाडी खरिदको माग बढ्न थालेकाले पुराना सरकारी सवारी साधनको सूची मागेको उहाँले बताउनुभयो ।

‘सरकारी सम्पत्ति कति छ थाहा छैन तर गाडी किन्ने माग अर्थ मन्त्रालयमा आइरहन्छन्, पहिला मैले भएका सरकारी गाडीको सूची मागेको छु । कति छन् नेपाल सरकारका गाडी चाहियो नित’ मन्त्री शर्माले भन्नुभएको छ ।

सबै मन्त्रालय, संवैधानिक निकाय र विभागहरूबाट सवारी साधनको सूची माग गरिएको बताइएको छ । हाल सरकारसँग कति सवारी साधन छन् र कता कसले गुडाइरहेका छन् भन्ने तथ्यांक नरहेको मन्त्री शर्माले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्