दाङमा दुई युवकमाथि फलामकाे रड र धारिलाे हतियार प्रहार – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङमा दुई युवकमाथि फलामकाे रड र धारिलाे हतियार प्रहार

    मा प्रकाशित

दाङ , २० असोज ।
दाङमा गएराति दुई युवकमाथि रड र धारिलो हतियार प्रहार भएको छ । जिल्लाकाे तुलसीपुरस्थित राप्ती बबई क्याम्पस पछाडि रहेको वईलकम हाटेलमा तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निबासी दिपेन्द्र वली र तुलसीपुर –१६ निबासी विष्णु डाँगीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका दिपेन्द्रलाई राप्ती लाइफ कियर हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ भने विष्णुलाई सामान्य चोट लागेको छ । घटनामा संलग्न रहेका तुलसीपुर–६ गाईडर निबासी वुद्ध केसी, बादल केसी, नितेश केसी फरार रहेका छन् । फरार व्यक्तिको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख रन्जन स्वाँरले जानकारी दिए। घटना राति साढे नौ बजे भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्