रहेनन् रामायण’ मा रावणको भूमिका निभाउने अरविन्द – Kanika Khabar
Friday, March 29Nepali News Portal

रहेनन् रामायण’ मा रावणको भूमिका निभाउने अरविन्द

    मा प्रकाशित

असाेज २०, दाङ ।
रामायण’ मा रावणको भूमिका निभाउने अरविन्द त्रिदेवीकाे निधन भएकाे छ ।
भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाउने त्रिवेदीको गएराति निधन भएको हाे ।

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको हो । उनको उमेर ८३ वर्ष थियो ।

हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको मृत्युु भएको बीबीसी जनाएकाे छ । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए ।

‘रामायण’ मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ‘विक्रम और बेताल’ मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्