दाङमा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Wednesday, December 6Nepali News Portal

दाङमा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

२० असोज, दाङ ।
दाङमा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा ३ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरुमा घोराहीका चार जना र एक जना तुलसीपुरका रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच आज ३ जना कोरोना मुक्त भएका छन् र मुक्त हुनेमा तुुलसीपुरका २ र लमहीका एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६९ जना रहेको छ । ति मध्य ५६ जना घरमा, ४ जना आईसीयूमा र ९ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्