दाङ हनिट्रयाप काण्ड : धरौटीमा छुटे ३ जना महिला – Kanika Khabar
Saturday, December 10Nepali News Portal

दाङ हनिट्रयाप काण्ड : धरौटीमा छुटे ३ जना महिला

    मा प्रकाशित

दाङ, २१ असोज ।
गत भदौ महिनामा ‘हनिट्रयाप’ को आरोपमा पक्राउ परेका ३ महिला धरौटीमा छुटेका छन् । उनीहरु हिजो बुधबार धरौटीमा छुटेका हुन् । काम छ भन्दै होटेलमा बोलाएर एक पुरुषलाई पैसा नदिए बलात्कारको मुद्धा हाल्छौ भन्दै १८ लाख मागेको आरोपमा पक्राउ परेका तिन जना महिला धरौटीमा रिहा भएका हुन् । दाङ देउखुरी जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले बुधवार उनीहरुलाई यस्तो आदेश दिएको हो । पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका घोराहीका ३२ बर्षिया सितादेवी थापालाई  १ लाख ५० हजार , घोराहीकै ३५ बर्षिया खुमा वलीलाई ८० हजार र ३२ बर्षिया सुष्मा परियारलाई ७० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।

हनिट्रयापमा पारेर एक पुरुषसँग उनीहरुले १ लाख नगद र थप १७ लाखको चेक समेत लिएको अवस्थामा प्रहरीले उनीहरुलाई गत भदौमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई असोज ३ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध अपराधिक लाभ लिन नहुने कसुरमा मुद्धा चलाएको थियो । घटना गत असार ६ गते भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्