‘विमतिमा सहमति खोजे पार्टी बन्छ’ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

‘विमतिमा सहमति खोजे पार्टी बन्छ’

    मा प्रकाशित

दाङ, २१ असोज । नेपाली कांग्रेस रोल्पाका सभापति तथा पूर्वराज्य मन्त्री अमरसिंह पुनले पार्टीलाई सशक्त र समृद्ध बनाउनका लागि बिमतीबाट सहमति खोज्ने काम गर्नुपर्ने बताएका छन् ।

बिमतीबाट टाढिने काम गरे पार्टीसँगै आफू पनि कमजोर हुने भएकाले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई पार्टी बनाउनका लागि बिमतिमा सहमति खोज्न ध्या दिनुपर्ने बताएका हुन् । नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समितिले बुधवार घोराहीमा आयोजना गरेको बिजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता पुनले परिवर्तनको नेतृत्वसँगै देशको समृद्धिका लागि कांग्रेस पार्टीको आवश्यकता रहेको बताएका हुन् ।

नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समितिका अध्यक्ष धनबहादुर रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रोल्पा जिल्ला कार्यसमितिका सल्लाहकार टेकबहादुर बस्नेत, तरुण दल रोल्पाका अध्यक्ष तिलक बुढाथोकी, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाली कांग्रेस रोल्पा–दाङ सम्पर्क समितिका सल्लाहकार लिलाधर श्रेष्ठ, सल्लाहकार ऋषिराज शर्मा, नेपाली कांग्रेस रोल्पा क्षेत्र नं. १ का सचिव पूर्ण घर्ति, कांग्रेस रोल्पाका पूर्व जिल्ला सदस्य गिरबहादुर दशौदी, नेपाल विद्यार्थी संघ रोल्पाका सचिव नारायण रेग्मी, पत्रकार गोविन्द खड्का, नेता दिपक रोकामगर, रमेश केसी, अमृता केसी, हिरा रावत, रोही पुन, रुपलाल दशौदी, कृष्णबहादुर भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सन्तोष शर्माले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्