दाङमा जेसिभिको कार्यालय उद्घाटन – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङमा जेसिभिको कार्यालय उद्घाटन

    मा प्रकाशित

असाेज २१, दाङ ।
जेसिभि बिक्रेता कम्पनि एमए डब्लु अर्थ मुभर्स प्रालिको दाङ शाखा कार्यालयको उद्घाटन गगरिएको छ । घटस्थापनाको अवसर पारेर प्रालिले घोराहीमा दाङको शाखा कार्यालय उद्घाटन गरेको हो । यसअघिको स्थानबाट नयाँ ब्यवस्थापनका साथ कार्यालय रतनपुरमा सारिएको प्रालिले जनाएको छ । प्रालिको नयाँ कार्यालयको उद्घाटन निर्माण ब्यवसायि संघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले गरे ।

भवन उद्घाटन गर्दै रानाले प्रालिले ब्यवसाायिकतालाई मात्रै ध्यान दिने नभई यसलाई सेवामुखी सोँचका साथ पनि अघि बढाउनु पर्ने बताए । ‘हरेक व्यवसाय नाफा केन्द्रीत सोँचबाट मात्रै चलाईएको हुँदैन,’ रानाले भने ‘यो सेवा मुलक कार्यपनि हो, यसर्थ जेसिभि कम्पनिले यो व्यवसायलाई व्यवसायिकता संगै सेवा भावसंग पनि जोड्न सकोस् ।’ साथै उनले जेसिभि कम्पनिलाई व्यवसायिक सफलताको कामना समेत गरेका थिए ।

प्रालिका सिईओ सञ्जिव पाउजाको सभापतित्वमा कार्यक्रम पनि आयोजना भएको थियो । उक्त कार्यक्रममा सिईओ पाउजाले जेसिभि कम्पनिले प्रदान गरेकासेवा सुविधा बारे जानकारी गराएका थिए । ‘हामीहरु सेव मुखी भावका साथ ठूलो लगानीका साथ आएका छौँ,’ उनले भने ‘हामीहरुको सोँच व्यवसायिकता संगै सेवा मुलक सोँचमा प्रतिवद्ध छौँ ।’

दाङ शाखा कार्यालयका प्रमुख पंकज न्यौपानेले दाङ स्थित कार्यालयबाट नयाँ जेसिभि संगै पार्टस् तथा सर्भिसको सुबिधा प्रदान गर्ने जानकारी दिए । ‘हामीहरुले दाङ स्थित कार्यालयबाट नयाँ जेसिभि बिक्रीसंगै पार्टस् तथा सर्भिसको सेवा प्रदान गर्ने छौँ,’ न्यौपानेले भने ‘मेशिन बिक्री मात्रै नभएर मेशिनमा प्रयोग हुने हरेक पार्टस्को समस्या ग्राहक बर्गहरुमा पर्न दिने छैनौ, अनि मेशिनमा समस्या आएको खण्डमा ग्राहकहरुलाई समस्या हुन दिन्नौँ, हामीहरुले सर्मिसको पनि ब्यवस्था गरेका छौँ ।’
न्यौपानेले प्रालि नयाँ व्यवस्थापनका साथ दाङमा स्थापित भएको भन्दै सेवा प्रवाहमा थप सहजता भएको बताए । ‘यसअघि भन्दा अहिले हामीहरु थप ब्यवस्थापनका साथ स्थापित भएका छौँ,’ न्यौपानेले भने ‘यो नयाँ ब्यवस्थापनले ग्राहकहरुलाई सेवा प्रवाह गर्न थप सहज हुने छ ।’
कार्यालय उद्घाटन कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगी,कम्पनिका मार्केटिङ प्रमुख यम गुरुङ, रिटेल सेल्स हेड सुर्यप्रसाद ओझा लगाएतले आआफ्नो धारणा राखेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्