प्रतिनिधि सभाको बैठक बस्दै – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रतिनिधि सभाको बैठक बस्दै

    मा प्रकाशित

असोज २२, दाङ ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सङ्घीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

प्रधानमन्त्री देउवाको तर्फबाटै विचाराधीन रेल्वे विधेयक २०७६ फिर्ता लिनका लागि राष्ट्रिय सभाको सहमतिको निमित्त प्रनिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव समेत प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद बैठकमा विरोध गर्दै आएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सभामुख र प्रधानमन्त्रीको तर्फबाट आफूहरूको असन्तुष्टि सम्वोधनका लागि कुनै पहल नभएका कारण संसदको अवरोध कायमै रहने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्