कोरोना विशेष अपस्ताल बेलझुण्डीलाई तुलसीपुरमा स्थानान्तरण – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोना विशेष अपस्ताल बेलझुण्डीलाई तुलसीपुरमा स्थानान्तरण

    मा प्रकाशित

दाङ, २२ असोज।
दाङको कोरोना विशेष अपस्ताल बेलझुण्डीलाई तुलसीपुरमा स्थानान्तरण गरिएको छ । भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुण्डीमा कोरोना विशेष अस्पताल संचालन गरेको थियो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक संरचना निर्माण भएपछि कोरोना विशेष अस्पताललाई तुलसीपुरमा स्थानान्तरण गरिएको व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

यसैबिच राप्ती प्रादेशिक अस्पताल तुलसीपुर कोरोना ईकाई उदघाटन तथा स्थानान्तरणको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उदघाटन गर्नुभएको हो ।अस्पतालको २० वेडको आईसीयू, १५ वेडको पिआईसीयू, १५ वेडको एनआईसीयू र १० वेडको एचडियू गरी ६० वेडलाई स्थानान्तरण गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्