नेकपा एसले टुङ्गाे लगायाे मन्त्री र मन्त्रालय – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नेकपा एसले टुङ्गाे लगायाे मन्त्री र मन्त्रालय

    मा प्रकाशित

असाेज २२, दाङ ।
नेकपा एकीकृत समाजवादीले मन्त्री र मन्त्रालय टुङ्गाे लगाएको छ ।
आज बसेकाे बैठकबाट विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री रामकुमारी झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रेमबहादुर आले शहरी विकासमन्त्री र कृष्णकुमार श्रेष्ठ ‘किसान’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्ने निर्णय भएकाे स्राेतले जनाएको छ ।

बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।

आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको स्रोतले बताएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्