दाङमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दाङमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

२२ असोज, दाङ ।
दाङमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परीक्षण गर्दा दुई जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरुमा गढवाका दुई जना र तुलसीपुरका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ६ जना कोरोना मुक्त भएका छन् ।

यसैगरी मुक्त हुनेमा घोराहीका तीन, तुलसीपुरका दुई र राप्तीका एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६८ जना रहेको छ ।

ती मध्य ५४ जना घरमा, ५ जना आईसीयूमा र ८ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्