सरकारले लियो दुई वटा विधेयक फिर्ता – Kanika Khabar
Saturday, December 10Nepali News Portal

सरकारले लियो दुई वटा विधेयक फिर्ता

    मा प्रकाशित

असोज २२, दाङ ।
सरकारले दुई वटा विधेयक फिर्ता लिएको छ । असोज १९ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार सरकारले निजामती सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिएको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुबै विधेयक फिर्ताको प्रस्ताव पेश गर्नुभएको थियो ।

 

दुबै विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाउनुभयो । तर, उहाँको प्रस्ताव सभाले बहुमतले अस्वीकृत ग¥यो र विधेयक फिर्ताको प्रस्ताव स्वीकृत ग¥यो । प्रतिनिधिसभा नियमावलीको नियम १२१ मा विधेयक फिर्ता लिने सम्बन्धी व्यवस्था छ । यही व्यवस्था अनुसार सरकारले विधेयक फिर्ता लिएको हो । २०७५ मा प्रतिनिधिसभामा पेश भएको झण्डै साढे दुई वर्षपछि बिधेययक फिर्ता भएको हो ।

 

यस्तै, रेल्वे विधेयक २०७६ मा राष्ट्रियसभामा दर्ता भएको थियो । यो विधेयकमाथि विषयगत समितिबाट दफावार छलफल सकाएर राष्ट्रिय सभाले २७ साउन २०७८मा पारित गरेको थियो । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विधेयकलाई सरकारले फिर्ता लिएको छ । तर, यो विधेयक फिर्ताका लागि राष्ट्रियसभाले अनुमति दिनुपर्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्