सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित असन्तुष्ट – Kanika Khabar
Thursday, April 18Nepali News Portal

सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित असन्तुष्ट

    मा प्रकाशित

सागर खड्का
असोज २२, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले घरबारबिहीन भएका हेलम्बु गाउँपालिका ७ चनौटे बजारबासी तीन तहकै सरकारले सहयोग नगरेको भन्दै असन्तुष्ट बनेका छन् । पूर्व प्रधानमन्त्री, मुख्यमन्त्री लगायत नेताहरूले मेलम्ची,हेलम्बु पुगेर आश्वासन दिएपनि ४ महिना बित्नै लाग्दा बाढी प्रभावितले अस्थायी टहरा पाउन सकेका छैनन् ।

चनौटे बजार क्षेत्रको बीच भागबाट अहिले मेलम्ची खोला बगिरहेको छ । बाढी पश्चात यस क्षेत्रमा पुर्व प्रधानमन्त्री केपी शर्मा वली देखि बागमति प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल र हालका गृह मन्त्री बालकृष्ण खाँणले मेलम्चीको अवलोकन गर्नुभयो ।

 

बाढी प्रभावितलाई कुनै पनि सरकारले नहेरेको भन्दै स्थानीय राजु मैनाली आक्रोश पोख्नुहुन्छ । बाढीबाट विस्थापित कोहीले आफन्तकोमा आश्रय लिएका छन् भने कोही सुरक्षित ठाउँमा भाडामा छन् । खोलालाई पुरानै ठाउँमा फर्काएर बजारका घरहरुको संरक्षण गर्न कुनै निकायले चासो नदिएको अर्का बाढीबाट विस्थापित रविन कक्षपतिको दुखेसो छ ।

 

सम्बन्धित स्थानीय तहका अनुसार हेलम्बुमा ९०, मेलम्चीमा १ सय ५२ र पाँचपोखरीमा ६५ घरपरिवार, इन्द्रावती र मेलम्ची बाढीबाट घरबारविहीन भएका छन् । राजनीतिक नेतृत्वबाट आश्वासन अनुसारको व्यवहार नगरिएकोमा बाढी प्रभावित आक्रोसित छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्