चारवर्षपछि शिक्षा मन्त्रालयमा राज्यमन्त्री – Kanika Khabar
Saturday, April 20Nepali News Portal

चारवर्षपछि शिक्षा मन्त्रालयमा राज्यमन्त्री

    मा प्रकाशित

असोज २३, दाङ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारले ८८ दिनपछि पूर्णता पाएको छ । ८८ दिनपछि पूर्णता पाएको सरकारले चार वर्षपछि शिक्षा मन्त्रालयमा राज्य मन्त्री नियुक्त गरेको छ । हिजो शुक्रबार गरेको मन्त्रीपरिषद् विस्तारमा माओवादीका तर्फबाट समानुपातिक तर्फकी सांसद बोधमायाकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

यस अघि २०७४ सालमा देउवाकै पालामा नेपाली काँग्रेसका तर्फबाट चितवनका प्रत्यक्ष तर्फका सांसद शेषनाथ अधिकारीलाई शिक्षा राज्यमन्त्री बनाईएको थियो । त्यतिखेर गोपालमान श्रेष्ठ शिक्षा मन्त्री थिए । २०७३ साल साउनमा माओवादीका तर्फबाट शिक्षा मन्त्री बनेका स्व. धनिराम पौडेलको कार्यकालमा धनकुटाबाट समानुपातिक साँसद धनमाया विक खनाललाई शिक्षा राज्यमन्त्री बनाईएको थियो । त्यस अघि माओवादीबाटै शिक्षा मन्त्री भएका दिनानाथ शर्माको कार्यकालमा लिला भण्डारीलाई शिक्षा राज्यमन्त्री बनाईएको थियो ।

यसपटक शिक्षा मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्दा माओवादीकै सांसद देवेन्द्र पौडेल शिक्षा मन्त्री बनेका छन् । शुक्रबार विस्तार भएको मन्त्रीमण्डलमा पौडेलसँगै शिक्षा राज्यमन्त्रीको जिम्मेवारी पाएकी यादव माओवादी आन्दोलनका सहिदद स्व. राम वृक्ष यादवकी छोरी हुन् । उनलाई माओवादीले सहिद परिवार र मधेसी समुदायको कोटाबाट छनौट गरेको हो ।

२०३१ साल कात्तिक २८ गते जन्मिएकी यादवका श्रीमान, दुई छोरा र एक छोरी छन् । नेपाली विषयमा स्नातक तहको अध्ययन गरेकी यादव गत निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् । २०४४ सालमा अखिल छैठौंको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आवद्ध उनी २०५८ सालमा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य थिइन् । जिल्ला तहका विभिन्न पदमा रहेर राजनीति गरेकी उनी २०७० सालमा एकीकृत माओवादीको पोलिटब्युरो सदस्य बनिन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्