चितवन बन्यो ईपीएल क्रिकेटको च्याम्पियन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

चितवन बन्यो ईपीएल क्रिकेटको च्याम्पियन

    मा प्रकाशित

असोज २३, चितवन ।
चितवन टाइगर्स प्रिमियर लिग ईपीएल क्रिकेटको च्याम्पियन बनेको छ । आज भएको खेलमा भीम सार्कीको अर्धशतकमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो ।

त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले १७ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको चितवनले १५ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर १ सय १२ रनको लक्ष्य पूरा ग¥यो ।

चितवनका लागि भीम सार्कीले अर्धशतकीय इनिङ खेल्नुभयो । यस्तै, दिलिप नाथले १८, राजेश पुलामीले १४ तथा मोहम्मद शहजादले ११ रन जाड्नुभयो । पोखराका लागि ओपनरद्वय रिचार्ड लेभी र विपिन रावलले २१ बलमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाउनुभएको थियो ।

चौथो संस्करणको च्याम्पियन बनेको चितवनले ५० लाखसहित ट्रफी हात पारेको छ । यस्तै, उपविजेताले १५ लाख रूपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा प्रतियोगिताको विजेताले पाएको यो अहिले सम्मकै ठूलो राशी हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्