एमाले अध्यक्ष ओलीले गल्ती स्वीकार गरेमा नयाँ ढंगले सोच्न सकिने : अध्यक्ष नेपाल – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

एमाले अध्यक्ष ओलीले गल्ती स्वीकार गरेमा नयाँ ढंगले सोच्न सकिने : अध्यक्ष नेपाल

    मा प्रकाशित

असोज २३, काभ्रे ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकार गरेमा नयाँ ढंगले सोच्न सकिने बताउनुभएको छ ।

पार्टीले काभ्रेको बनेपामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको, पार्टीमा अपनाएको गलत तरिका, देशलाई राम्ररी हाक्न नसकेको र सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको जिम्मेवारी लिन ओली तयार भएमा नयाँ ढंगले सोच्न सकिने नेपालले बताउनुभयो ।

तर ओली सुध्रिने आश भने आफूमा नभएको उहाँको भनाइ छ । अध्यक्ष नेपालले आफूहरू पुष्पलालको उत्तराधिकारी भएको पनि बताउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्