सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

    मा प्रकाशित

असोज २३, सप्तरी ।
सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका–६ इन्द्रचौतारी चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत इन्द्रचौतारी चोकमा शनिवार बेलुका प्र २–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाइकलको पछाडि रहेकी खडक नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएकी खातुनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो। मोटरसाइकल चालक मृतकका पति ३२ वर्षीय कुदरुस र ५ वर्षीय छोरा घाइते भएका छन् ।

घाइते दुवै जनालाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । बस र चालक दोलखाको कालीञ्चोक गाउँपालिका–४ बञ्चरेका ३३ वर्षीय नेत्रबहादुर थामीलाई नियन्त्रणमा ‍लिइएको प्रहरीले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्