रुपन्देहीको मोतिपुरमा प्रहरी र स्थानीयबिच झडप हुँदा गाेली चल्याे – Kanika Khabar
Saturday, December 10Nepali News Portal

रुपन्देहीको मोतिपुरमा प्रहरी र स्थानीयबिच झडप हुँदा गाेली चल्याे

    मा प्रकाशित

असाेज २४ , बुटवल ।     रुपन्देहीको मोतिपुरमा गाेली चलेकाे छ । औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेलाई हटाउन खोज्दा आज आइतबार प्रहरी र स्थानीयबीच झडप भएको हाे ।

औद्योगिक क्षेत्रको करिब साढे ८ सय बिगाहा जग्गामध्ये चार सय बिगाहा जग्गा अतिक्रमण भएको छ। आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रुपमा बनाइएका टहरा भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो। झडपमा परी दुई जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

झडपमा प्रहरीले बल प्रयोग गरी गोलीसमेत चलाएको स्थानीयले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ बर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको स्थानीयको आरोप छ ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्