तुलसीपुर नगरस्तरीय कराते प्रतियोगिता सुरु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

तुलसीपुर नगरस्तरीय कराते प्रतियोगिता सुरु

    मा प्रकाशित

लक्ष्मण बस्नेत
२४ असोज दाङ ।
दाङको तुलसिपुरमा तुलसीपुर नगर स्तरीय कराते प्रतियोगिता २०७८ आइतबारदेखि सुरु भएको छ ।
सितोरियो कराते अरनिको डोजो तुलसीपुर ५ को आयोजनामा कराते हल तुलसिपुर ९ बेलुवामा संचालित प्रतियोगिता को तुलसीपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डे ले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै कार्यक्रम का प्रमुख अतिथि मेयर पाण्डेले खेलकुद क्षेत्रलाई देशको समृद्धिसँग जोडेर लैजानु पर्ने बताउनु भएको छ ।
खेलकुद रास्ट्रको सान र गौरव हो यसलाई खेल पर्यटन को गन्तव्य को रुपमा बिकास गर्न सके देश समृद्धिको दिशातर्फ उन्मुख हुने उहाँको भनाई थियो । साथै उहाँले यसका लागि सबै को चासो र चिन्तन त्यत्तिकै आवश्यक रहनु पर्ने समेत बताउनु भयो । सितोरियो कराते अरनिको डोजो तुलसीपुर ५ का प्रमुख प्रशिक्षक पदम बहादुर बस्नेतको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ९ का अध्यक्ष घनश्याम ढकाल, दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डागिको बिशिष्ट आतिथ्यमा भएको थियो । सो अबसरमा कराते खेलको बिकास र बिस्तारमा अतुलनिय योगदान पुर्‍याए वाफत नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख बल राज नेपाली लाई सम्मान गरिएको थियो । कार्यक्रममा बिशिस्ट अतिथिद्वय घनश्याम ढकाल,डिल्ली बहादुर डागी लगाएतले शुभकामना मन्तब्य गर्नु भएको थियो ।
कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गर्नु भएको थियो । यसैबिच आईतवार सम्पन्न कुमुते महिला तर्फको ४० केजि तौल समुहमा अरनिको डोजो तुलसिपुरकी बिनिता बुढामगरले स्वर्ण पदक जितिन् । त्यस्तै भट्टे डोजोकी सम्झना बिकले रजत पदक हात पार्दा रगैचा डोजोकी बालिका खड्का र हापुरे डोजोकी करिस्मा केसी ले कास्य पदक जिते । त्यस्तै ४५ केसि तौल समुहमा अरनिको डोजो कि बिमला डागिले स्वर्ण पदक जितिन । त्यस्तै अरनिको डोजोकी निशा केसि ले रजत पदक हात पार्दा हापुरे डोजोकी झरना बिक र अरनिको डोजोकी सुहाना वलि ले कास्य पदक जिते ।
प्रतियोगिता भोलि सोमबार सम्म चल्नेछ ।
प्रतियोगितामा तुलसिपुर पश्चिम क्षेत्रका स्थापित डोजोका झण्डै तीन सय खेलाडीको सहभागिता रहनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्