उपहार कार्यक्रमले… लमही बजारमा चहलपहल बढ्यो, किनमेल गर्नेको घुइँचो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

उपहार कार्यक्रमले… लमही बजारमा चहलपहल बढ्यो, किनमेल गर्नेको घुइँचो

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, २५ असोज ।
विगतका वर्षहरुमा चाडपर्व सुरु भएपनि सुनसान हुने लमही बजार यसवर्ष भने केही फरक देखिएको छ । विगतका वर्षहरुमा लमही बजारको व्यापार निकै खस्किदै गएको बताउने लमहीका व्यापारीहरुलाई यसवर्ष भने विभिन्न बस्तुभाउ विक्री गर्न भ्याइ नभ्याई छ । करिब दुईवर्ष कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमको कारण मानिसहरु घरबाट किनमेलको लागि खासै बाहिर निस्किएनन् । जस्लेगर्दा लमहीको बजारमा चहलपहल देखिएन । किनमेल देखि लिएर अन्य कामकाज र बजार घुम्न आउने देउखुरी क्षेत्रकै मुख्य लमही बजार भएतापनि सोचेको जस्तो चहलपहल नभएपछि व्यापारीहरुमा नैरसेता देखियो । अझ कतिपय व्यापारीहरुले त ग्राहक नआउँदा दुईतीन दिनमा एकपटक मात्रै बोहनी हुने गरेको दुखेसोसम्म पोखे । तर पछिल्लो समययता लमही बजारमा मानिसहरुको चहलपहल निरन्तर बढ्दै गएको छ । गतवर्ष भन्दा यसवर्ष लमही बजारमा किनमेल गर्न आउने मानिसहरुको संख्या बढेको स्थानीय व्यापारी पवन रिजालले बताउनुभयो ।
उहाँले भन्नुभयो, गतवर्ष यतीबेला करिब २५ प्रतिशत लमहीको व्यापार थियो भने देउखुरी उद्योग बाणिज्य संघ लमहीले ल्याएको उपहार कार्यक्रमले गर्दा यसवर्ष ७५ प्रतिशत बढेको अनुमान गरेका छौँ । उपहार कार्यक्रमले व्यापारमा नयाँ पन दिएको देखियो ।’ बजारमा भेटिएका ग्राकहहरुले पनि नजिकै राम्रो र सस्तो सामान पाउने भएका आफुहरु कनिमेलका लागि लमही बजारमै आएको उनिहरुको भनाई रहेको छ । हामीलाई थाहा नभएकै कारण कृष्णनगर रुपैडिहा बजार जाने गरेका थियाँै । तर लमहीमा सस्तो बजार ठूलो पनि रहेछ । अन्य बजार भन्दा तुलनात्मक रुपमा सस्तो र छिटो पाउन सकिन्छ । त्यसैले पनि मानिहरु किनमेलका लागि लमही बजार आउने गरेको पाइयो, राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया निवासी धनकुमारी यादवले भन्नुभयो । बजारमा चहलपहल बढेपछि हिन्दुहरुको महान पर्व दशैँ तिहारका लागि किनमेल गर्नेहरुको भिड लागेको छ । खस्किदै गएको र सुनसान जस्तै बनेको लमही बजार उपहार कार्यक्रमका कारण जिल्लाका ग्रामीण बस्तीबाट किनमेलका लागि आएका छन् ।
गतवर्षको तुलनामा यसवर्ष दाङ देउखुरीका विभिन्न बजारमा चहलपहल बढेको छ । दशैँ, तिहारका लागि किनमेल गर्न मानिसहरु बजार धाइरहेका छन् । लमही, भालुवाङ्, गढवा लगायतका देउखुरी क्षेत्रका विभिन्न बजारमा दशैँ तिहारका लागि विभिन्न वस्तुहरु खरिद गर्न आउनेको भीड बढेको छ । विशेषगरी देउखुरी क्षेत्रकै केन्द्र विन्दु मानिने लमही बजारको चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । चाडपर्वका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भिडले हिँडिसक्नु छैन । खस्किदै गएको लमही बजारको व्यापारलाई उकास्नको लागि देउखुरी उद्योग बाणिज्य संघ लमहीले पहिलोपटक सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम गरेको छ । चाडपर्वलाई लक्ष्ति गरेर बजारमा किनमेल गर्दै गरेको भिडभाडको रौनकले थप चहलपहल बढ्नुका साथै कतिपयले किनमेल गर्ने क्रम र कतिपयले किन्न भ्याइसके ।
लमहीको व्यापार व्यवसायलाई मध्यनजर गर्दै उपहार कार्यक्रमलाई अगाडि सारेको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले बताउनुभयो । ‘हाम्रो टिमले लमहीको व्यापारलाई उकास्न दिर्घकालीन योजना बनाएका छाँै । जसअनुरुप पहिलो चरणमा उपहार कार्यक्रमलाई अगाडि सा¥याँै, जिल्लाका ग्रामीण बस्तीबाट किनमेल गर्न आउने मानिसहरुलाई कृष्णनगर र रुपैडिहा बजार नभएर अव लमही बजारमा किनमेल गर्न जानुपर्छ है भन्ने वातावरण सृजना गर्ने योजनामा आफुहरु रहेको अध्यक्ष खनालले बताउनुभयो । यता लमही बजारमा चहलपहल बढेपनि कृष्णनगर र रुपैडिहा बजार जाने मानिसहरुलाई अन्य दिनहरुमा पनि कसरी रोक्न सकिन्छ भन्ने विषमा दिर्घकालीन योजना बनाइ अगाडि बढ्ने संघका उपाध्यक्ष केशवराज पोख्रेलले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्