प्युठानमा जुवाकाे खालबाट प्रहरी जवानसहित ९ जना जुवाडे पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्युठानमा जुवाकाे खालबाट प्रहरी जवानसहित ९ जना जुवाडे पक्राउ

    मा प्रकाशित

शिवु खनाल
दाङ, २५ असोज ।
प्युठानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ । साेमबार बिहान करिब तीन बजेको समयमा प्युठान नगरपालिका वडा नम्बर ४ जुम्री स्थित ऐरावती होटलमा जुवातास खेलिरहेको अवस्थामा प्युठानमा कार्यरत प्रहरी जवान सहित ९ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रहरीले जुवाको खालबाट एक लाख ६५ हजार नगद पैसा पनि बरामद गरेको छ । त्यस्तै ७ थान माेवाईल र ६ वटा मोटरसाईकल पनि नियन्त्रणमा लिएको प्रहरी प्रमुख मल्लले बताउनुभयो ।

प्रहरी जवान सहित अन्य जुवाडेहरू ईलाका प्रहरी कार्यालय विजुवारको नियन्त्रणमा रहेका छन् । यसबारे थप अनुसन्धान भईरहेको र जुवाडेलाई जुवा ऐन अन्र्तगत कार्वाही हने समेत प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्