रुपन्देहीका वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने निर्णय – Kanika Khabar
Friday, April 19Nepali News Portal

रुपन्देहीका वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने निर्णय

    मा प्रकाशित

असोज २५, दाङ ।
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच भएको झडपमा ४ जनाको मृत्यु भएको छ । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोली लागेर उनीहरूको मृत्यु भएको हो ।

हिजो भएको झपडमा प्रहरी र प्रदर्शनकारी गरी ४० भन्दा धेरै व्यक्ति घाइते भएका छन् । गम्भीर घाइते भएका तीन जनाको उपचारको लागि लैजाँदै गर्दा र एकजनाको भैरहवाको युनिभर्सल मेडिकल, कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि हिजो साँझ जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको सर्वदलीय बैठकले सुकुम्बासीको नाममा जग्गा हडप्न खोज्नेलाई निरुत्साहित गर्ने र वास्तविक पीडितलाई व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले बताउनुभयो ।

सुकुम्बासी बस्तीका नागरिकले भने आफूहरूलाई चित्त बुझाउनुको साटो प्रहरीप्रशासनले अनावश्यक बल प्रयोग गरेको बताएका छटन् । घटनापछि मोतीपुर क्षेत्रमा कफ्र्यू लगाइएको छ । लुम्बिनी प्रदेशका नवनियुक्त वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले बास्तविक सुकुम्बासीको व्यवस्थापन गरिने बताउनुभयो । रुपन्देहीसहित देशभरि नै सुकुम्बासी छन् तर उनीहरूको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्