चाडपर्वमा सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

चाडपर्वमा सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन

    मा प्रकाशित

शिवु खनाल
सिरियानाका, २६ असोज

चाडपर्वमा सीमा क्षेत्रमा हुने आपराधिक क्रियापकलाप रोक्न दाङका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडाइ निर्देशन दिएको छ । भारतसँग जोडिएका ३४ वटा सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताउनुभयो । उहाँले सीमाक्षेत्रका सुरक्षा प्रमुखलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको बताउनुभयो । नेपालीको महान चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरी दाङ प्रहरी र सशस्त्र प्रहरी बलले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । चाडपर्वलाई लक्षित गरि सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथी बढाउँदै सीमा सुरक्षालाई थप चुस्त बनाएको हो । जिल्लाका अन्य सुरक्षा निकायसहित स्थानीय तहसँग समन्वय गरेर सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै लगिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताउनुभयो ।

 

No description available.

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्का अनुसार दाङका ३४ वटै सीमाक्षेत्रमा चाडपर्वलाई मध्यनजर गर्दै अहिले सामान्य अवस्थामा भन्दा तेब्बरको संख्यामा सशस्त्र प्रहरीका जनशक्ति खटाइएको छ । ‘अहिले हरेक १७ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको टोली खटिएको छ, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले भन्नुभयो,—। ‘अहिले आवतजावतलाई पूर्ण निषेध गरिएको छ ।’ सशस्त्र प्रहरी बल २९ नं। हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख टोप खनालले सीमा क्षेत्रमा यसअघि ३ वटा नेपाल बोर्डर आउट पोष्ट ९बीओपी० भएको जानकारी दिदैँ, हाल बीओपी संख्या बढाएर ५ वटा पु¥याइएको बताउनुभयो । उहाँले ८३ किलोमिटर सीमा रहेको दाङको सीमा क्षेत्रमा अहिले ५ वटा ९बीओपी० ८ वटा फरवार्ड बेस, बोर्डर मोनिटरिङ् पोष्ट ३ वटा स्थापना गरिएको छ ।

 

८३ किलोमिटर सीमा रहेको दाङको सीमा क्षेत्रमा १२ वटा नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुनेछ, उहाँले भन्नुभयो । उहाँका अनुसार सीमामा स्थायी ड्यूटी, सवारी, मोबाइल, पैदल र साइकल गस्तीलाई पनि बढाइएको छ । सशस्त्र प्रहरीले दाङको कोइलाबास सीमा क्षेत्रमा हेल्थ डेस्कमा पनि सञ्चालन गरेको छ । जसमा अहिलेसम्म एक हजारभन्दा बढीले सेवा लिएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय दाङले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको मुसि, कोइलाबास, सिरिया, खांग्रा, डगमारा र भैँसाही सीमा नाकाका सुरक्षाकर्मीलाई आपराधिक गतिविधि तथा शंकास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न प्रहरीलाई निर्देशन दिएको दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताउनुभयो । चाडपर्वको बेला भिडभाड हुने स्थल, आर्थिक कारोबार हुने बैँक, वित्तीय संस्था जस्ता ठाउँमा प्रहरीले विशेष निगरानी राखेको छ । साथै धार्मिकस्थल, भिडभाड हुने ठाउँमा पाकेटमार तथा अन्य अपराध हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्