सभामुखद्वारा दसैँ, तिहार र नेपाल संवतको अवसरमा शुभकामना व्यक्त – Kanika Khabar
Saturday, December 10Nepali News Portal

सभामुखद्वारा दसैँ, तिहार र नेपाल संवतको अवसरमा शुभकामना व्यक्त

    मा प्रकाशित

असोज २६, दाङ ।
सभामुख अग्निप्रसाद सापकोटाले दसैँ, तिहार, पर्व र नेपाल संवत ११४२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सापकोटाले दिनुभएको शुभकामना सन्देशमा सिन्धुपाल्चोक, मनाङलगायत जिल्लामा भएका प्राकृतिक विपत्ति र कोभिड–१९ का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदनासमेत व्यक्त गरिएको छ ।

 

चाडपर्वहरु मौलिक नेपाली संस्कृति एवं नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता र विविधताहरुको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै चाडपर्वले एकता, आपसी हित, सामाजिक सद्भाव एवम् व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै आएको सभामुख सापकोटाको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्