बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु

    मा प्रकाशित

असोज २६, दाङ ।
बसको ठक्करबाट दाङको देउखुरीको लमहीमा एक बालकको घटना स्थलमै ज्यान गएको छ । चितवन बाट बर्दिया तर्फ जादै गरेको ना ७ ख ३१७९ नम्बरको बसले पुर्ब पश्चिम राज मार्ग अन्र्तगत पर्ने लमही नगरपालिका वडा नम्बर ३को अर्नहवा नजिक ठक्कर दिदा राप्ती गाउपालीका वडा नम्बर ६ सगरापुरका सन्दीप चोधरीका ४ बर्षे छोरा र्दुगा प्रसाद चौधरीको घटना स्थलमै मृत्युभएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरिक्षक पुरन मल्लले जानकारी दिनुभएको छ ।

ठक्कर दिने बसलाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियनत्रणमा लिएको छ भने मृतकका आफन्तहरुले अहिले पुर्ब पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्