स्वास्थ्य मापदण्ड अपनाएर चाडपर्व मनाउन नारायणपुर उद्योग वाणिज्य संघकाे आग्रह – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

स्वास्थ्य मापदण्ड अपनाएर चाडपर्व मनाउन नारायणपुर उद्योग वाणिज्य संघकाे आग्रह

    मा प्रकाशित

असाेज २७, दाङ ।
नारायणपुर उद्याेग वाणिज्य संघले स्वास्थ्य मापदण्ड अपनाएर चाडपर्व मनाउन आग्रह गरेकाे छ ।

विजया दशमीकाे शुभकामना सन्देश सम्प्रेषण गर्दै संघले यस्ताे आग्रह गरेकाे हाे । संघका अध्यक्ष अभियान बस्नेत र महासचिव बसन्त न्याैपानेले शुभकामना सन्देश जारी गर्दै सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाई चाडपर्व मनाउन निवेदन गरिएकाे हाे ।                  शुभकामना विज्ञप्तिमा भनिएकाे छ, ` हिन्दु नेपालीहरूकाे महान पर्व विजया दशमीकाे अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, राजनीति दल, नागरिक समाज, शैक्षिक वर्ग, सञ्चारकर्मी तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछाैँ । ´

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्