स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्छु : स्वास्थ्यमन्त्री थारु – Kanika Khabar
Friday, March 29Nepali News Portal

स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्छु : स्वास्थ्यमन्त्री थारु

    मा प्रकाशित

             शिवु खनाल
चिमचिमे नाका, २८ असोज।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले स्वास्थ्य क्षेत्रमा रहेका सबै खाले विक्रीतिको अन्त्य गर्ने प्रतिवद्धता जनाउनु भएको छ । लुम्बिनी प्रदेश भित्र स्वास्थ्यमा देखा परेका सबै समस्याको समाधान गर्दै विक्रीतिको पनि अन्त्य गर्ने मन्त्री चौधरीले बताउनुभयो । मंगलवार निर्वाचन क्षेत्रका जनताहरुसंग भेटघाट गर्दै थारुले राजनैतिक आकांक्षा पूर्ति गर्ने बहानामा स्वास्थ्य क्षेत्रमा धेरै खाले समस्या आइरहेको आफूले पाएको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेश क्षेत्रभित्र रहेका सबै अस्पतालको सेवा विस्तार गरेर भए पनि सेवाग्राहीलाई गुणस्तरिय सेवा दिन सरकार लागि परेको उनको भनाइ छ । ‘पैसा नभएको बाहना बनाएर सेवा विस्तार र उपचारमा समस्या ल्याइनु हुँदैन, मन्त्री थारुले भन्नुभयो । उहाँले सरकारले ल्याएको स्वास्थ्य बिमाको कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन आफू लागि परेको जानकारी दिदैँ, स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।
आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सूची बनाएरै काम अगाडि बढाइने र पहँुच भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सुगम र नचाहिने दरबन्दीमा रहने गरेको जानकारी पाएको बताउँदै जति सक्दो चाँडो उक्त प्रवृतिको अन्त्य गर्नेछु, मन्त्री थारुले भन्नुभयो । यस्तै उहाँले लुम्बिनी प्रदेशको जनता प्रदेश भन्दा बाहिर उपचारको लागि जाने समस्या अन्त्य गर्ने र त्यसको लागि दिर्घकालिन अध्यन गरेर अगाडि बढ्ने बताउनुभयो । थारुले लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या परिवार कल्याण मन्त्रीको जिम्मेवारी समालेपछि दोस्रो पटक जनतासंग भेट्नको लागि निर्वाचन क्षेत्रमा पुग्नु भएको हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्