गुल्मीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ६ जना घाइते – Kanika Khabar
Thursday, December 1Nepali News Portal

गुल्मीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ६ जना घाइते

    मा प्रकाशित

असोज २९, गुल्मी ।
रुपन्देहीको बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै गरेको जीप हिजो बिहीबार राति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

लु १ ज ४४९० नम्बरको ९ जना सवार जीप रेसुंगा नगरपालिका–१० पाँचरातेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

दुर्घटनामा मुसिकोट नगरपालिका–२ का ७२ वर्षीय क्षेत्रबहादुर थापा, ४५ वर्षीया राधिका थापा र मुसिकोट–३ की १९ वर्षीय संगिता सुनार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

एसपी गोपालचन्द्र भट्टराईका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा मुसिकोट–२ का चालक २६ वर्षीय कमल थापा, ४३ वर्षीय खिमा थापा, ३६ वर्षीय राजु थापा, ३८ वर्षीया जुना थापा, चितवनको भरतपुर उपमहानगरपालिकाकी ५० वर्षीया राधा केशी, भरतपुर–३ की ४७ वर्षीय सुमित्रा सुनार छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्