आज विश्व हात धुने दिवस मनाइँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज विश्व हात धुने दिवस मनाइँदै

    मा प्रकाशित

असोज २९, दाङ ।
‘हाम्रो भविष्य हाम्रै हातमा छ, हामी सबै एक साथ अगाडि बढौँ’ भन्ने नाराका साथ आज विश्व हात धुने दिवस मनाइँदैछ । सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो ।

आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । यसैबीचराष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र स्वस्थ जीवनका लागि हात धुन सबैलाई अनुराधे गर्नुभएको छ ।

विश्व हात धुने दिवसको अवसरमा शुभकामना दिँदै उहाँले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन अनुरोध गर्नुभएको हो । उहाँले विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरससमेतको सङ्क्रमणबाट बच्ने प्राथमिक उपायमध्ये हातको सरसफाइ पनि एक भएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्