सर्वोच्च अदालतको फैसलापछि रुवी खान रिहा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सर्वोच्च अदालतको फैसलापछि रुवी खान रिहा

    मा प्रकाशित

असोज २९, दाङ ।
सर्वोच्च अदालतको फैसलापछि रुवी खान रिहा हुनुभएको छ । खानलाई रिहा गर्न हिजो सर्वोच्चले आदेश दिएको थियो ।

रिहा भएपछि पुनः धरपकड नगर्न पनि आदेश दिएको छ । खानलाई रिहा गर्न माग गर्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यसैबीच न्याय माग्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका बाँकेका ११ महिलासहित १४ जनाले आफूहरूसँग लिखित प्रतिबद्धता सरकारले नगरेसम्म अनसन नतोड्ने बताएका छन् । सरकारले आफ्ना मागको उचित सम्बोधन नगरेको भन्दै न्याय नपाएसम्म नफर्किने उनीहरुले बताएका छन् । घरेलु हिंसापीडित महिला नकुन्नी धोबीको हत्या भएको भन्दै छनाबिन र निर्मला कुर्मी बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै उनीहरू काठमाडौं आएका हुन् ।

केहि दिन अघि सरकारसंगको बार्तामा सत्यतथ्य छानबिनका लागि समिति गठन गर्ने भनिएको थियो । तर आफुहरुले सरकार संग लिखित प्रतिवद्धता मागेको अधिकारकर्मी सकिना तेलीले बताउनुभयो । गत साउन ५ गते नकुन्नीको घरमै हत्या भएको थियो भने एकल महिला निर्मला कुर्मी अघिल्लो वर्ष बेपत्ता हुनुभएको थियो ।तर काठमाडौं आएको २६ दिन वितिसक्दा पनि आरोपीतलाई प्रहरीले पक्राउ नगरेकोमा उनिहरुले आक्रोस व्यक्त गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्