पहिलो चरणमा कात्तिक १० मा ५० जना नेपालीलाई दक्षिण कोरिया पठाउने तयारी – Kanika Khabar
Friday, March 29Nepali News Portal

पहिलो चरणमा कात्तिक १० मा ५० जना नेपालीलाई दक्षिण कोरिया पठाउने तयारी

    मा प्रकाशित

असोज २९, दाङ ।
दक्षिण कोरिया जानका लागि कागजात पूरा गरेका नेपालीहरूलाई आगामी कात्तिकको दोस्रो सातादेखि पठाउन सुरु गरिने भएको छ ।

पहिलो चरणमा कात्तिक १० मा ५० जना नेपालीलाई पठाउने तयारी भएको वैदेशिक रोजगार विभाले जनाएको छ । एक पटक दक्षिण कोरिया गएर फर्केकाहरू पहिलो चरणमा जानका लागि छनौटमा परेको विभागका महानिर्देशक दीपक काफ्लेले बताउनुभयो ।

विभागका अनुसार बिभिन्न चरणका भाषा परीक्षा उत्तीर्ण गरेकादेखि बिदामा आएकाहरूसम्मको हिसाब गर्दा १० हजारभन्दा धेरै नेपाली दक्षिण कोरिया जाने प्रतिक्षामा छन् । श्रम सम्झौताको म्याद सकिएकाहरूको नविकरणका लागि नेपाल र दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयबीच समन्वय भइरहेको विभागको भनाइ छ । यस्तै इजरायल जाने अन्तिम सूचीमा परेकाहरूलाई पठाउनका लागि भने कम्तिमा डेढ महिना लाग्ने भएको छ ।

 

विभागका महानिर्देशक काफ्लेले ठूलो सङ्ख्यामा भिसा पठाउनुपर्ने भएकाले केही समय लाग्ने जानकारी दिनुभयो । इजरायलमा सुसारे (केयरगिभर) को रुपमा जान भाषा परीक्षा उत्तीर्ण गरेका मध्ये एक हजार १ सय ७५ नेपालीलाई इजरायल सरकारले गोलाप्रथा प्रणालीमार्फत केही दिनअघि छनौट गरेको थियो । छनोटमा परेका व्यक्तिले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्नेछ भने उक्त प्रक्रियामा अनुुत्र्तीण भएमा इजरायल जान पाइने छैन ।

 

नेपाल सरकार र इजरायल सरकारबीच दुई वर्षअघि भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर)का लागि नेपाली सहायक श्रमिक पठाउन लागेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्