बडादशैंको मुख्य दिन टीका मनाइयो – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

 बडादशैंको मुख्य दिन टीका मनाइयो

    मा प्रकाशित

असोज २९, दाङ ।
आज बडादसैँको मुख्य दिन विजयादशमी, मान्यजनहरुबाट टीका, जमरा र आर्शिवाद लिने क्रम जारी छ । पञ्चांग निर्णायक समितिले तय गरेको १० बजेर २ मिनेट पछिको शुभ साइतमा अधिकांश सर्वसाधारणले मान्यजन र अग्रजको हातबाट टीका लगाएका छन् । शुभसाइतमा सबैको हातबाट टीका ग्रहण गर्न नसकेकाहरु भने अहिले पनि टीका र आर्शिवादका लागि जाने क्रम जारी छ ।

कतिपय स्थानमा पूर्णिमाको दिन सम्म नै टीका तथा जमरा लगाउने चलन रहेको छ । राष्ट्रपति, प्रधानमन्त्री सहित उच्च पदस्थ व्यक्तिहरुले पनि शुभ समयमा नै टीका ग्रहण गर्नुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गर्नु भयो । यस्तै उहाँले बिभिन्न शक्ति पिठका पूजारी तथा गुरुको हातबाट प्रसाद ग्रहण गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नु भएको हो । त्यसैगरी राष्ट्रपति भण्डारीले आजै हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका गर्नु भएको हो ।

साथै प्रधानमन्त्रीले आफ्ना परिवार तथा आफन्तहरुलाई टीक तथा जमरा लगाईदिनु भएको छ । अन्य राजनितिक दलका नेताहरुले पनि दशैंको टीका लगाएर मनाएका छन् । कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले यो पटक राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले सर्वसाधारणलाई टीका लगाइ दिनुभएन ।

मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा फेरि चहलपहल बढ्न थालेको छ । गाउँ फर्किनेहरु धेरै रहेकाले काठमाडौं सुनसान जस्तै बनेको थियो । तर शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्