तराइमा नाचिने झिझिया नाच लोप हुँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

तराइमा नाचिने झिझिया नाच लोप हुँदै

    मा प्रकाशित

चञ्चल झा
असोज २९, रौतहट गौर ।
तराईमा घन्कने झिझिया गीत र त्यसको तालमा नाच्ने नृत्यांगनाको समूह विस्तारै लोप हुँदै गएको छ । असुर प्रवृति विरुद्घ सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दशैँं पर्वमा खासगरी तराईको प्रमुख आकर्षण नै झिझिया नृत्य रहने गरेको थियो । तर झझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन र देखिन छाडेको छ । हिजोआज झिझिया नाँच त्यति देख्न पाइदैन ।

झिझिया नाचसंग धार्मिक, सास्कृतकि परम्परा जोडिएको भएपनि पछिल्लो समय यसलाइ व्यवस्थित बननाउन नसकिदा यो लोप हुन थालेको छ । तराई मधेसमा दशैं लागेपछि राति जाग्राम रही ग्राम देवतालाई पुकार गर्दै गाउने झिझिया गीत र नृत्य विस्तारै हराउँदै गएको छ । अहिलेको आधुनिक युगमा अरुको संस्कृति र परम्परालाई अपनाई रहेको कारण झिझिया खेल्ने चलन कम भएको किशोरी सुनिता ठाकुर बताउँनुहुन्छ ।

प्राचिन कालदेखिनै दशैंको बेला दशैं दिन गाएर, घुमी घुमी नाचेर खेल्ने झिझिया लोप हुँदै गएकोमा यसलाइ संरक्षणको लागि स्थानीय सरकारले चासो दिनुपर्ने समाजिक अभियन्ता धमेन्द्र साह बताउँनुहुन्छ । साना प्वाल पारिएको माटोको गाग्रो भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँदै झिझिया मनाउने चलन छ । तर नयाँ पुस्ताले नअँगालेपछि यो लोप हुने अवस्थामा पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्