मकवानपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मकवानपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु

    मा प्रकाशित

असोज ३०, मकवानपुर ।
मकवानपुरमा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठोक्काउँदा दुईजनाको मृत्यु भएको हो ।

शुक्रबार राति सवा ९ बजेतिर नारायणगढबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार हेटौंडा–१५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ वर्षीय सुशान्त दियाली प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुवै जनालाई हेटौंडा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्