बढ्दो सडक दुर्घटना : बारा, मकवानपुर र चितवनमा भएका दुर्घटनामा ६ जनाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

बढ्दो सडक दुर्घटना : बारा, मकवानपुर र चितवनमा भएका दुर्घटनामा ६ जनाको मृत्यु

    मा प्रकाशित

असोज ३०, दाङ ।
बारा, मकवानपुर र चितवनमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । गएराति बाराको जितपुर सीमरा उपमहानगरपालिका २३ मा ट्याङ्कर र कार ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कार चालक भारतीय नागरिक ३४ वर्षका राजन सराफको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै तथा २५ वर्षका सरज प्रसाद र २७ वर्षका कृत सिंहको उपचारको क्रममा वीरगन्जको वयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ना ३ ख ७५९४ ट्याङ्कर र भारतीय नम्बरको कार ठोक्किएको हो । दुर्घटनापछि फरार ट्याङ्कर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ वनढाटमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

नारायणगढबाट झापा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रकाश दियाली र हेटौंडा–३ का २२ वर्र्षका सुशान्त दियालीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको रत्ननगर नगरपालिका ६ हात्तिदौड चौतारामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । ना ४५ प ५०८३ नम्बरको मोटरसाइलले ठक्कर दिँदा स्थानीय ६५ वर्ष पाकु महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको उपचारको क्रममा जिल्ला अस्पताल चितवनमा मृत्यु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्