धनुषाधाममा हिन्दू–मुस्लिमले टीका लगाएर साटे दसैँको शुभकामना – Kanika Khabar
Thursday, March 28Nepali News Portal

धनुषाधाममा हिन्दू–मुस्लिमले टीका लगाएर साटे दसैँको शुभकामना

    मा प्रकाशित

असोज ३०, धनुषा ।
धनुषाधाम नगरपालिका ५, नौसयबिघा गाउँमा हिन्दू–मुस्लिमले एकापसमा मिलेर टीका लगाएर दसैँको शुभकमना आदानप्रदान गरेका छन् । हिजो दसैँको टीका लगाउने शुभ साइतमा नौसयबिघाका स्थानीयले “समाजिक सद्भाव संस्कार” नारा दिएर आयोजना गरेकोे टीका कार्यक्रममा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई टीका लगाएर शुभकामना आदानप्रदान गरेका छन् ।

 

धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले कार्यक्रममा उपस्थित हिन्दू–मुस्लिमलाई टीका र जमरा लगाई दिएर शुभकमना दिनुभएको थियो भने टीका कार्यक्रममा करिब तीनसय जनाको उपस्थित थियो । जसमा करिब ६० जना मुस्लिम समुदायका नागरिकले दसैँको टीका ग्रहण गरेका थिए । नौसयबिघा गाउँमा दुईसय घर मुस्लिम समुदायका नागरिकको बसोबास छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्