कोरोनाका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोनाका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि

    मा प्रकाशित

असोज ३०, काठमाडौँ ।
कोरोना महामारीका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि आएको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा २ सय ७७ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएकोमा ७७/७८ मा यो सङ्ख्या २ सय ३ मा झरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ५८ वटा ठूला उद्योग दर्ता भएकोमा ७७/७८ मा यो सङ्ख्या ४२ झरेको र यसबाट पनि कोरोनाले उद्योग क्षेत्रमा नकारात्मक असर गरेको भन्न सकिने उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले सीआईएनसँग बताउनुभयो । आर्थिक वर्ष ७६/७७ मा मझौला उद्योग १ सय २३ वटा दर्ता भएका थिए भने ७७/७८ मा भने ४९ वटा मात्रै दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ को तुलनामा ७७/८८ मा भने साना उद्योगको दर्ता सङ्ख्या १६ ले बढी अर्थात १ सय १२ वटा दर्ता भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्