सत्ता गठबन्धन दलहरू : अझै विवाद र असन्तुष्टिको दलदलमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

सत्ता गठबन्धन दलहरू : अझै विवाद र असन्तुष्टिको दलदलमा

    मा प्रकाशित
फाइल तस्वीर

असोज ३०, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाए पनि सत्ता गठबन्धन दलहरूभित्रको विवाद र असन्तुष्टि अझैँ साम्य भएको छैन । अरु दलमा आन्तरिक रुपमा असहमति प्रकट भए पनि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) का नेता प्रदीप यादवलगायतले सरकारमा जाने मन्त्रीहरूको बारेमा निर्णय गर्दा मनोमानी गरेको भन्दैै सार्वजनिक रुपमै विरोध गर्दै आउनुभएको छ ।

सरकारको अबको कामकारबाहीमा पार्टीभित्रको विवादको प्रभाव देखिन नहुने माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बताउनुभयो । एमसीसी परियोजना लगायतका विवादित विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने उहाँको भनाइ छ । दसैँ, तिहार, छठ लगायत पर्वपछि सरकारले सुशासन, विकासनिर्माणका काममा विशेष ध्यान दिनुपर्ने नेता पोखरेलले बताउनुभयो ।

मन्त्रिपरिषद्मा बहालवाला प्रधानन्यायाधीशको भागबण्डा, गैर सांसदको नियुक्ति लगायतका कारण सरकारको आलोचना भइरहेको छ । यद्यपी सांसद नभए पनि मन्त्री बन्नुभएका काँग्रेस नेता गजेन्द्र हमालले राजीनामा दिइसक्नुभएको छ ।

काँग्रेस सचेतक पुष्पा भुसालले स्वास्थ्य, सुशासन र विकासका काममा ढिलासुस्ती गर्ने छुट सरकारलाई नभएको बताउनुभयो । प्रमुख प्रतिपक्षी दललाई संसदको अवरोध खुलाउन अनुरोध गर्दै नेता भुसालले सरकारको कामकारबाहीको निगरानी गर्ने जिम्मेवारी संसद र सांसदको भएको टिप्पणी गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्